Galaxy Wearable को गोपनीयता सम्बन्धी सूचना पछिल्लो पटक अद्यावधिक गरिएको मितिः जुन 1, 2020 Samsung Electronics Co., Ltd. मा, हाम्रा ग्राहकहरूका लागि गोपनीयता कति महत्त्वपूर्ण छ भन्ने हामीलाई थाहा छ । तपाईंका व्यक्तिगत जानकारी हामीले कसरी सङ्कलन र प्रयोग गर्छौं भन्ने तपाईंले बुझ्नुहुन्छ भनी सुनिश्चित गर्नको लागि हामीले यस गोपनीयता सम्बन्धी सूचना तयार गरेका छौं । हाम्रो गोपनीयता नीति - https://account.samsung.com/membership/pp मा हेर्न सकिन्छ - जुन तपाईंको Galaxy Wearable को प्रयोगमा पनि लागू हुन्छ । हाम्रो गोपनीयता नीतिमा हामीले तपाईंको डाटा कसरी प्रयोग गर्छौं भन्ने बारे थप जानकारी समावेश गरिएको छ । यसमा हामीलाई कसरी सम्पर्क गर्ने भन्ने बारे जानकारी पनि समावेश छ । कृपया यस गोपनीयता सम्बन्धी सूचनाका साथै हाम्रो गोपनीयता नीति पढ्नुहोस् । यद्यपि, जहिले पनि यस गोपनीयता सम्बन्धी सूचना गोपनीयता नीतिभन्दा माथि हुने छ । हामी कस्तो सूचना सङ्कलन गर्छौं ? तपाईंको Galaxy Wearable बाट, हामीले तपाईंको बारेमा भएको जानकारी विभिन्न तरिकामा सङ्कलन गर्छौं र कायम राख्छौं । तपाईंले प्रत्यक्ष रूपमा उपलब्ध गराउनुभएको जानकारी • तपाईं आफ्नो Galaxy Wearable यन्त्रमा Samsung account मा लग इन गर्नुहुँदा, Samsung account सम्बन्धी जानकारी, जस्तै तपाईंको Samsung account ID । तपाईंको Galaxy Wearable को प्रयोग सम्बन्धी जानकारी • तपाईंका यन्त्रहरूका बारे जानकारी, जस्तै यन्त्रको प्रकार, यन्त्रको मोडेल, OS को प्रकार र संस्करण, यन्त्र परिचायक र अन्य अद्वितीय परिचायक, मोबाइल नेटवर्क प्रदायक, यन्त्र कन्फिगरेसन र सेटिङहरू; • GPS, ब्लुटुथ र WiFi संकेतहरू मार्फत तपाईंको स्थानसँग सम्बन्धित जानकारी । तपाईंको Galaxy Wearable का केही सुविधाहरू प्रयोग गर्नका लागि तपाईंको यन्त्रको सटीक भौगोलिक अवस्थिति (जियोलोकेसन) सङ्कलन गर्नुपर्ने हुन्छ र ती अवस्थाहरूमा हामी तपाईंको जियोलोकेसन सङ्कलन गर्नेछौँ तर तपाईंको अनुमति लिएर मात्र । तपाईंको यन्त्रले Galaxy Wearable सुविधा प्रयोग गर्न कहिले तपाईंको सटीक जियोलोकेसन सङ्कलन गर्न आवश्यक पर्छ भन्ने कुरा तपाईंलाई सूचित गर्दछ । कृपया ध्यान दिनुहोस्, यदि तपाईंले Galaxy Wearable लाई तपाईंको सटीक जियोलोकेसन सङ्कलन गर्ने अनुमति दिनुभएन भने, तपाईंले Galaxy Wearable का सबै सुविधाहरू प्रयोग गर्न नसक्न सक्नुहुन्छ; • तपाईंले रिमोट कनेक्सन सुविधा प्रयोग गर्दा (जस्तै तपाईंको मोबाइल यन्त्रलाई तपाईंको Galaxy Wearable यन्त्रसँग ब्लुटूथको साटो Wi-Fi वा मोबाइल डाटाको माध्यमबाट जोड्ने ताकि तपाईंको Galaxy Wearable मा तपाईंको फोनबाट सन्देशहरू प्राप्त गर्न सकियोस्); तपाईंको मोबाइल यन्त्रमा स्थापना गरिएका अनुप्रयोगहरू सम्बन्धी जानकारी, जस्तो सूचना र प्राप्त सन्देशहरू तथा ईमेलहरूका विषयवस्तु (सन्देश र मिडिया फाइलहरूको सामग्री सहित); र • यदि तपाईंले ब्याकअप एन्ड रिस्टोर सुविधा प्रयोग गर्नुहुन्छ भने, सफ्टवेयरको संस्करण, बिक्री कोड, स्थापित र भर्खरै प्रयोग भएका अनुप्रयोगहरूको सूची, स्थापित अनुप्रयोगका डाटा र सेटिङहरू, वाच फेस, अनुप्रयोग र विजेटहरू लगायत होम स्क्रिन सेटिङ, सूचना सेटिङ, डिस्प्ले, ध्वनि र कम्पन लगायत प्रणाली सेटिङ । • यदि तपाईंले निदानात्मक डाटा, निदानात्मक (डायग्नोस्टिक), प्राविधिक, त्रुटि र प्रयोग जानकारी जस्तै तपाईंको Galaxy Wearable को प्रयोगको समय र अवधि, तपाईंले स्थापना गरेका अनुप्रयोगहरू र तपाईं कति समयसम्म र कहिले अनुप्रयोग खोल्नुहुन्छ वा बन्द गर्नुहुन्छ जस्ता जानकारी पठाउन सहमत हुनुभयो भने । हामी तपाईं, तपाईंको Galaxy Wearable र एप्स, Galaxy Wearable सँग जोडिएका तपाईंका यन्त्रहरू र तपाईंको Galaxy Wearable को प्रयोगका बारेमा अन्य जानकारी पनि सङ्कलन गर्न सक्ने छौँ, हामीले सङ्कलन गर्ने समयमा तपाईंलाई वर्णन गरेको तरिकाबाट हामी सङ्कलन गर्नेछौँ र आवश्यक परेमा तपाईंको सहमति प्राप्त गर्नेछौँ । हामी तपाईंको जानकारी कसरी प्रयोग गर्छौं ? • तपाईंलाई‌ आफ्नो Galaxy Wearable दर्ता गर्न र प्रयोग गर्नमा मद्दत पुर्‍याउन । • तपाईंले अनुरोध गर्नुभएका सेवा र सुविधाहरू उपलब्ध गराउन । तपाईंका अनुरोध र प्रश्नहरूको जवाफ दिन र तपाईंले तपाईंको Galaxy Wearable सँग सम्बन्धित प्राविधिक सहायता अनुरोध गर्दा सहायता प्रदान गर्ने लगायत तपाईंको Galaxy Wearable को बारेमा तपाईंसँग सञ्चार गर्न । • तपाईंलाई निश्चित Samsung वा तेस्रो-पक्षीय अनुप्रयोग, सुविधा र सेवाहरूसँग अन्तरक्रिया गर्ने अनुमति दिन । उदाहरणका लागि, तपाईंले आफ्ना अनुप्रयोग र सेटिङहरू सम्बन्धी जानकारी Samsung Cloud मा ब्याक अप गर्न वा तपाईंको Galaxy Wearable मा Samsung Health प्रयोग गर्न सक्षम हुन सक्नुहुनेछ । • Galaxy Wearable सँग सम्बन्धित अनुकूलित सामग्री र सेवाहरू प्रदान गर्न । • तपाईंले हामीलाई छुट्टै सहमति दिनुभएको खण्डमा मात्र प्रत्यक्ष व्यापारिक सञ्चारहरू मार्फत (जस्तै, पुस नोटिफिकेसन, ईमेल र पाठ सन्देशहरू मार्फत) प्रवर्द्धन तथा प्रस्तावहरू उपलब्ध गराउन । • Galaxy Wearable र हाम्रो व्यवसाय सञ्चालन, मूल्याङ्कन र सुधार गर्न (नयाँ उत्पादन र सेवाहरू विकास गर्न; हाम्रा उत्पादन र सेवाहरूको स्तरवृद्धि र सुधार गर्न; हाम्रो सञ्चारलाई व्यवस्थित गर्न; हाम्रा उत्पादन, सेवाहरू र ग्राहक आधार (कस्टमर बेस) को विश्लेषण गर्न; बजार अनुसन्धान गर्न; तथ्याङ्क विश्लेषण गर्न; र लेखा, लेखा परीक्षण र अन्य आन्तरिक प्रकार्यहरू सम्पादन गर्न लगायत); • हाम्रा उत्पादन र सेवाहरू बारे तपाईंको धारणाहरू सोध्न र यदि आवश्यक परेमा, तपाईंको छुट्टै सहमति सहित, ग्राहक सर्वेक्षणहरू सम्पन्न गर्न । • सफ्ट्वेयर अद्यावधिक, अनुरक्षण सेवाहरू र तपाईंको Galaxy Wearable का लागि समर्थन उपलब्ध गराउन। • ठगी र अन्य आपराधिक क्रियाकलाप, दाबीहरू र अन्य दायित्वहरू विरूद्ध संरक्षण, पहिचान र रोकथाम गर्न; र • यो गोपनीयता सम्बन्धी सूचना र गोपनीयता नीति सहित प्रचलित कानूनी मापदण्डहरू, सान्दर्भिक उद्योग मानक र हाम्रा नीतिहरूलाई पालना गर्ने र लागू गर्न । तपाईंको Galaxy Wearable ले अन्य Samsung वा तेस्रो-पक्षीय अनुप्रयोग, सेवा र सुविधाहरूसँग जडान गर्ने वा प्रयोग गर्ने क्षमता प्रदान गर्न सक्छ । उदाहरणका लागि, तपाईं आफ्नो Galaxy Wearable यन्त्रमा Samsung Health वा Bixby Voice प्रयोग गर्न सक्ने हुन सक्नुहुन्छ । यी Samsung र तेस्रो-पक्षीय अनुप्रयोग, सेवा र सुविधाहरूका आफ्नै गोपनीयता सम्बन्धी सूचना हुन सक्छ । तिनले तपाईंको जानकारी कसरी प्रशोधन गर्दछन् भन्ने कुरा यकिन गर्न कृपया ती सामग्री अध्ययन गर्न नभुल्नुहोला । कुनै अन्य लिङ्क गरिएको वा देखाइएको अनुप्रयोग, सेवा वा अन्य सुविधा हाम्रो स्वामित्व वा नियन्त्रणमा नरहेको हदसम्म, हामी यसका सामग्री, प्रयोग वा गोपनीयता सम्बन्धी अभ्यासहरूको लागि जिम्मेवार रहने छैनौँ । हामी तपाईंको जानकारी कोसँग साझा गर्छौं ? हामी तपाईंको जानकारी आन्तरिक रूपमा हाम्रो व्यवसायभित्र र निम्न निकायहरूसँग खुलासा गर्नेछौँ, तर माथि वर्णन गरिएको प्रयोजनका लागि मात्र । * सहायक कम्पनीहरू: हाम्रो नियन्त्रण वा स्वामित्व अन्तर्गतका अन्य Samsung Electronics समूहका कम्पनीहरू; * सेवा प्रदायकहरू: हाम्रो लागि वा हाम्रो तर्फबाट सेवाहरू प्रदान गर्ने होशियारीपूर्वक चयन गरिएका कम्पनीहरू, जस्तै हाम्रो तर्फबाट डाटा कायम गर्ने डाटा सर्वरहरू । यी प्रदायकहरू पनि तपाईंको जानकारी सुरक्षा राख्नमा समर्पित छन् । * कानूनले मागेका वा तपाईंको Galaxy Wearable को सुरक्षा गर्नको लागि आवश्यक अन्य पक्षहरूः उदाहरणका लागि, कानून, कानुनी प्रक्रिया, वा सरकारी निकायहरूबाट अदालतको आदेश बमोजिम तपाईंको जानकारी खुलासा गर्नुपर्ने हुन सक्छ । उनीहरूले कानून लागू गर्ने, राष्ट्रिय सुरक्षा, आतंकवाद विरोधी, वा सार्वजनिक सुरक्षाका अन्य सवालहरूसँग सम्बन्धित प्रयोजनका लागि हामीबाट तपाईंको जानकारी माग्न सक्नेछन्; * संस्थागत कारोबारहरूसँग सम्बन्धित अन्य पक्षहरू: हामी गाभ्ने/गाभिने वा स्थानान्तरण, प्राप्ति वा बिक्री वा दिवालियापनको मामिलामा कुनै तेस्रो पक्षसँग तपाईंको जानकारी खुलासा गर्न सक्छौँ । * तपाईंको सहमति वा तपाईंको निर्देशन बमोजिम अन्य पक्षहरू: यस गोपनीयता नीतिमा व्याख्या गरिएका खुलासाहरूका साथसाथै, तपाईंले साझा गर्न छुट्टै सहमति जनाएमा वा अनुरोध गर्नुभएमा पनि हामी अन्य तेस्रो पक्षहरूसँग तपाईंको बारेमा जानकारी साझा गर्न सक्नेछौँ । यस गोपनीयता सम्बन्धी सूचनामा आउने अद्यावधिकहरू हामीले तपाईंको Galaxy Wearable का लागि कसरी तपाईंको जानकारी सङ्कलन र प्रशोधन गर्न सक्छौँ भन्ने बारेमा आउने परिवर्तनहरू वा सम्बद्ध कानून तथा नियमहरूमा आउने परिवर्तनहरूका बारेमा तपाईंलाई सूचित गराउनका लागि यो गोपनीयता सम्बन्धी सूचना अद्यावधिक गर्न सकिनेछ । कागजात अन्तिम पटक अद्यावधिक भएको मिति यो गोपनीयता सम्बन्धी सूचनाको माथिल्लो भागमा देखाइएको छ । Version:P01.03.00